२०७८ जेष्ठ ३, सोमबार
नयाँ
पछिला अपडेट

नेपालमा डरलाग्दो बन्दै कोरोना : गएराती मात्रै ४ संक्रमितको मृत्यु

२०७८ बैशाख ५, आईतबार प्रकाशित ( हफ्ता अघि) ३४१ पाठक संख्या

काठमाडौँ । गएराति करिब ५ घन्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ ।

साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

Thanet

त्यस्तै, नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा साँझ ७ बजे बर्दियाको राजपुर गाउँपालिका–१ का ७३ वर्षीय पुरुष, ७ : ४० बजे बाँके जिल्लाको बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला र दैलेखको नारायण गाउँपालिका –१ की ६८ वर्षीया महिलाको ९ बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ ।

हाल सम्म भेरी अस्पतालमा ९६ जना संक्रमितमध्ये ६० जनाको ज्यान गएको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस