२०८२ चैत्र १६, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा आगोलागी हुँदा ६ जनाको घर जलेर नष्ट

२०७८ बैशाख ५, आईतबार प्रकाशित ( साल अघि) ७८८३ पाठक संख्या

परासी । पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँपालिका-३ पर्सियामा आगलागी हुँदा ६ जनाको घर जलेर नष्ट भएको छ।

गंहुको नलमा शनिबार दिउँसो आगलागी हुँदा उक्त आगो सोही ठाउँ बस्ने सोमई हरिजन लगायत ६ जनाको घरमा फैलिएर लत्ताकपडा, भाडावर्तन, खाद्यान्न लगायतका विभिन्न सामानहरु जलेर करिब १९ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएकाे छ।

स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%२%२%१%५३%३%

प्रतिक्रिया दिनुहोस