२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा अवैध हतियार सहित १ जना पक्राउ

२०७८ बैशाख ६, सोमबार प्रकाशित ( साल अघि) ३८२९ पाठक संख्या

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका – ५ निवासी सुनिल भेडियार पाललाई अवैध हतियार र गोली सहित प्रहरीले पक्राउ गरेको छ।

उनलाई रामनगरबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोली, नगद ४ हजार १ सय ५० रुपैयाँ र १ थान मोबाइल सहित २२ बर्षिय सुनिल भेडियार पाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५७ एजेड ५०१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनिललाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%७%७%१%२%

प्रतिक्रिया दिनुहोस