२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

सप्तरीको ईटा उद्योगबाट टेम्पो सशस्त्र प्रहरीको नियन्त्रणमा

२०७८ बैशाख ७, मंगलबार प्रकाशित ( साल अघि) १८१२ पाठक संख्या

सप्तरी , ६ बैशाख । सशस्त्र प्रहरी बलले सप्तरीको डाक्नेश्वरी नपा ९ स्थित जय मातादी र धर्मराज इटा उद्योगमा चेकजाच गर्ने क्रममा ३ वटा भारतिय नम्बर प्लेट र ६ वटा नम्बर प्लेट नभएको टेम्पो लुकाइ छिपाइ राखेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

सोमबार विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल ६ नम्बर गण हेडक्वाटर सप्तरीबाट प्रहरी नायब उपरिक्षक श्याममणी दकालको नेतृत्वमा गएको टोलीले उक्त स्थानबाट टेम्पो नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका सबै टेम्पोलाइ राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाएको र साथै उक्त टेम्पोहरुको भन्सार दाखिला मुल्य रु ५४ लाख कायम भएको सशस्त्र प्रहरीबल सप्तरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%१%

प्रतिक्रिया दिनुहोस