२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुमा नगर स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक

२०७८ बैशाख ७, मंगलबार प्रकाशित ( साल अघि) २२४१ पाठक संख्या

चोरमारा । कोरोना भाइरसको कारण पाँच बर्ष मुनिका बालबालीकाहरुमा कुपोषण बृद्धी भएको बताईएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालीकामा नगर स्तरीय पोषण तथा खद्या सुरक्षा निर्देशक समितिको बैठक तथा दिगोपना कार्यशालाको समिक्षा बैठकमा सो कुरा बताईएको हो ।

कोरोना भाइरसका कारण पर्याप्त पोषण अभाव भएको भन्दै कुपोषणमा बृद्धी हुने बेस नेपाल सुआहारा दोस्रो कार्यक्रम संयोजक कृषन गुरुङले बताउनु भयो ।

कार्यक्रममा गत आर्थीक बर्षमा बालबालीका तथा पोषण सम्बन्धि कार्ययोजना कोरोना भाइरस तथा विभित कारणले कार्यन्वयन हुन नसकेको भन्दै यसलाई पुन कार्ययोजना बनाएर लैजानने नगर प्रमुख चन्द्र बहादुर रानाले बताउनु भयो ।

त्यस्तै पुर्वधार मात्र नभई अब पोषणमा पनि सुधार ल्याउन आवश्यक रहेको कुरामा नगपालीकाका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाले जोड दिनु भयो ।

नगरमा कर्मचारीको अभाबले पनि पोषण तथा बालबालीका सम्बन्धि कार्य योजना सफल पार्न नसकेको बताउदै अब पुन योजना बनाईने कुरामा दुई मत नभएको नगर उप-प्रमुख ओमकुमारी महतोले बताउनु भयो । नगरमा अब फोहोर व्यवस्थापन छिटै् हुने तयारी गरिएको सम्मेत जानकारी गराउनु भयो ।

नगर प्रमुख चन्द्र बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नगर स्वास्थ संयोजक खेम क्षेत्रीले स्वागत मन्तव्य राख्नु भयो ।

नगर सहायक स्वास्थ्य संयोजक माधव पोखरेलले स्वास्थ्य क्षेत्र बारे र बेस नेपाल सुआहारा दोस्रो कार्यक्रम अधिकृत सिता शर्माले खानेपानी सरसफाई र स्वच्छताको अवस्थाका विषयमा चित्रण गर्नु भयो भने कार्यक्रमको सहजिकरण लिला महतोले गर्नु भएको थियो। कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधीकारीहरुको उपस्थीति रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस