२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने, सीडीओको अनुमति चाहिने पार्टी प्यालेसलाई

२०७८ बैशाख ७, मंगलबार प्रकाशित ( साल अघि) १२३५ पाठक संख्या

काठमाडौं । सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।

विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%१%१%

प्रतिक्रिया दिनुहोस