कोभिड — १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले ५सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा निषेधाज्ञाको तयारी गरेको छ ।
बैशाख १५ गतेबाट लागु हुनेगरी ती जिल्लाहरुमा निषेधाज्ञाको तयारी भएको हो ।
सीसीएमसीको आजको बैठकले यस्तो तयारी गरेको स्रोतले बताएको छ ।
बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।