कावासोती । चितवनको भरतपुर महानगरपालिका-४ पिपल चोकस्थित सडकमा चौबिसकोठीबाट रामपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल वतन नखुलेका ७५ वर्षीय तुल बहादुर थापाको बिहीबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा शंकास्पद २ वटा सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।