कावासोती । नवलपुरमा बुधबारबाट निषेधाज्ञा सुरु भएसँगै जिल्लामा लकडाउनलाई कडाई गरिने भएको छ।
जिल्लामा कोरोना संक्रमितको संख्या उल्लेख रुपमा बढेको भन्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले निषेधाज्ञाको अवज्ञा कोहि कसैले गरे कानून वमोजिम कारवाही गरिने चेतावनी दिईन ।
यो महामारीका विरुद्ध विश्व लडिरहेको वेला हामि समेत यहि लडाईमा छौ सबैले आफ्नो जिम्मेबारी पूरा गर्नका लागि घरमै बस्नुको विकल्प छैन उनले भनिन् ।