२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मगर समुदायकै बालबालिका बोल्दैनन् मगर भाषा

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) २०४४ पाठक संख्या

नवलपुर । देवचुली नगरपालिकाको मगर समुदायको बाक्लो बसोबास भएको एक गाउँ हो । यो गाउँ मगर समुदायको बाहुल्य भएको क्षेत्र पनि हो ।

मगर समुदायको यस्तो बाक्लो बस्तीमा मगर भाषा बोल्नेको संख्या भने समुदायको कुल संख्याको आधा कमि छ । समुदायमा बस्ने मगर समुदायको आधाले मात्र आफ्नो मातृभाषा प्रयोग गर्ने गरेको भेटियो ।

मिश्रीत जातिको बसोबास भए पनि मगर समुदायको संख्या धेरै छ तर समुदायका एकाधले मात्र आफ्नो मगर भाषा बोल्ने गरेका छन ।

समुदायमा विस्तारै आधुनिकताले प्रवेश गरे पछि यो समुदायको पुर्खोली चालचलन हराउदै गएको छ जस्ले गर्दा समुदायमै मगर भाषा बोल्नेको संख्या न्युन रहेको छ । विषेश गरि अहिलेको पुस्ताले विस्तारै आफ्नो भाषा बोल्न छाडेका छन ।

अभिभावकले मातृभाषा बोल्ने गरे पनि बालबालिकाहरुले भने आफ्नै भाषा प्रष्ट रुपमा उच्चार गर्ने सक्दैनन् । आफुरुले मगर भाषा बोल्न सिकाए पनि खस भाषा नै बढि बोल्ने गरेको हुदा बालबालिकाहरु मगर भाषा नबोल्ने गरेको अभिभावकहरु बताउछन ।

जिल्लाको पहाडि क्षेत्रका मगर समुदायमा मगर भाषा बोल्ने धेरै भए पनि शहरमा झरेका मगरहरुले आफ्नो भाषा बोल्न छाडेका छन । दुर्गम क्षेत्रमा मगर समुदायको बाहुल्य हुने र उनिहरु आफ्नै भाषा बढि प्रयोगमा ल्याउने हुदा दुर्गमका मगर समुदायका बालबालिका आफ्नै मातृभाषा बोलछन ।

शहरमा बसेका मगर समुदायहरुले भने समुदाय वा परिवारमा पनि मातृभाषाको प्रयोग नगर्दा भाषा नै लोप हुने अवस्था सृजना भएको नेपाल मगर संघ नवलपुरका अध्यक्ष इन्द्रफाल मगरले बताउनुभयो । मातृभाषा नै संकटमा पर्ने भन्दै अहिले नवलपुर मगर संघले प्रत्येक विद्यालयमा एक विषय मगर भाषामा कक्षा संञ्चालन गराउने योजना बनाइ रहेको छ ।

मगर संघका अध्यक्ष इन्द्रफाल मगरका अनुसार बालबालिकाहरु नै आफ्नो मातृभाषा नबोल्ने हुदा विद्यालयतहमा मगर कक्षा संञ्चालन गर्ने र बालबालिकालाई भाषाको ज्ञान संगै मातृभाषा संरक्षण गराउन ध्यान पुर्याउने बताउनुभयो । मगर समुदाय त एउटा उदाहरण मात्र हो ।

यो समुदाय जस्तै नेवार , गुरुङ्ग, तामाङ्ग र थारु समुदायका बालबालिकाहरुले पनि आफ्नो मातृभाषा बोल्न छाडेका छन । फरक जातजाति र भाषाभाषिले नै चिनिएको हाम्रो मुलुकमा यस्ता भाषा र संस्कृतीको संरक्षणमा राज्यको तर्फबाट विशेष ध्यान दिन आवस्यक छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%४%३%२%९%३%

प्रतिक्रिया दिनुहोस