२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यबिन्दुमा अक्सिजन सहितको आइसोलेसन सञ्चालन

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) ११३७ पाठक संख्या

चोरमारा । पछिल्लो समय जिल्ला अस्पताल मध्यबिन्दुमा कोरोना संक्रमितको दर र मृत्युदर बढ्दै गएको छ ।

एकातिर कोरोनाका बिरामीले अस्पतालमा बेड पाउन मुस्किल हुनुको साथै अर्कातिर बिरामीका लागि आवश्यक अक्सिजनको अभाव भइरहेको अवस्था छ।

कोरोनाका बिरामीहरु दैनिक सयौँको हाराहारीमा थपिने गर्दा अस्पतालका बेडहरु भरिन थालेका छन्।

यी समस्याहरूलाई मध्यनजर गदै मध्यबिन्दु नगरपालिकाले २४ बेडको अक्सिजन सहित आइसोलेसन अस्पताल सञ्चालनमा आएको छ।

दिनदिनै कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि वडा नम्बर ७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा २४ बेडको अक्सिजन सहित आइसोलेसन स्थापना गरि काम सुचारु गरिएको नगर प्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो । उहाँका अनुसार नगर भित्रकै १ जना संक्रमितको उपचार भइरहेको छ।

हाललाई २४ बेडको व्यवस्था गरिएको र आवश्यकता अनुसार थप व्यवस्थापन गरिने उपप्रमुख ओमकुमारी महतोले बताउनुभयो ।

आइसोलेसनमा बस्ने कोभिड १९ का बिरामीका लागि चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालिकाको स्वास्थ्य शाखाबाट २४ सै घण्टा चिकित्सक सहितका स्वास्थ्यकर्मीले रेखदेख गर्ने व्यवस्था गरिएको उपप्रमुख महतोले जानकारी दिनुभयो ।

साथै नगर भित्रका कुनै पनि व्यक्तिलाई समस्या परेको खण्डमा स्वास्थ्य शाखामा वा वडाअध्यक्ष सहितका जनप्रतिनिधिको सम्पर्कमा आउनुहुन अनुरोध समेत गर्नुभयो।

उहाँका अनुसार अस्पतालसँगै एम्बुलेन्स सेवाको पनि व्यवस्थापन गरिएको छ । कोरोनाका बिरामीका लागि छुट्टै निःशुल्क दुईवटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

नयाँ कोरोना संक्रमणको लहर आए पछि मध्यबिन्दु नगरपालिका भित्र कोरोना संक्रमितको संख्या ६४ पुगेको छ भने पछिल्लो पटक २ जनाको निधन भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस