२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा १ सय १२ संक्रमित निको भए

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) १३११ पाठक संख्या

नवलपुर, २६ बैशाख । गैँडाकोट नगरपालिकामा शनिवार ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

गैँडाकोटका संक्रमित संगै नवलपुरमा शनिवार १ सय १ जनामा कोरोना पुष्टि भएको छ ।

देवचुलिमा १२, कावासोतिमा २२, मध्यविन्दुमा ६, विनयी त्रिवेणी र बुलिङटार गाँउपालिकामा ४ ४ जनामा र अन्यमा १ सहित १०१ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।

अहिले सम्म जिल्लामा १ सय १२ संक्रमित निको भएका छन् । जिल्लामा सक्रिय संक्रमितको सख्या भने ७ सय २५ पुगेको छ ।

आजको रिपोर्ट बेलुका सम्ममा आउने स्वास्थ्य कार्यालय नवपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस