२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आईतबार ५४ कोरोना संक्रमित थपिए, आज थप २ जनाको मृत्यु

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) १३४४ पाठक संख्या

कावासोती । नवलपुरमा आईतबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सगै पछिल्लो लहर आए पछि नवलपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ५५ पुगेको छ।

आज जिल्लाको कावासोती नगरपालिकामा २२ जना , मध्यबिन्दुमा ३ जना , गैडाकोटमा ४ जना, देवचुलीमा १० जना, विनयी त्रिवेणीमा १२ जना र अन्यमा ३ जनामा थप नयाँ संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो।

नवलपुरमा पछिल्लो १३ जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ सय ३४ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

आज थप २ जनाको मृत्यु भए संगै जिल्लामा आजसम्म कोरोनाको कारण जम्मा मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%१७%

प्रतिक्रिया दिनुहोस