२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मन्टेश्वरीको भ्यानलाई एम्बुलेन्सको रुपमा परिचालन गरिने

२०७८ बैशाख २७, सोमबार प्रकाशित ( साल अघि) १००६ पाठक संख्या

देवचुली । देवचुली नगरपालिका वडा नं ३ दुम्कौलीमा रहेको पाठशाला मन्टेश्वरी बोडिङ्गको भ्यानलाई एम्बुलेन्सको रुपमा परिचालन गरिने भएको छ । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको यो समयमा पाठशालाको भ्यानले निःशुल्क रुपमा बिरामीलाई अस्पताल सम्म पुर्याउने भएको छ । देवचुली वडा नं ५ निवासी ठाकुर प्रसाद पोख्रेलको संयोजकत्वमा र पाठशाला मन्टेश्वरी बोडिङ्गका प्रधानाध्यापक वेदराज सापकोटाबाट उक्त मन्टेश्वरीको भ्यान नगरपालिकालाई सहयोग मिलेको छ ।

May be an image of 2 people, people standing and outdoors
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बिरामी बोक्नका लागि आवश्यक पर्ने अक्सिजन, पि.पि.आई, मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री पाठशाला मन्टेश्वरीका प्रधानाध्यापक सापकोटालाई प्रदान गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सिग्देलले यो विषम परिस्थितीमा देवचुली नगरपालिकालाई सहयोग गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

May be an image of 1 person, standing and outdoors
यसैगरि पाठशाला मन्टेश्वरी बोडिङ्गका प्रधानाध्यापक वेदराज सापकोटाले मानवीय नाताले पनि आँफूसँग भएको साधनलाई यो विषम परिस्थितीमा प्रयोगमा ल्याइएको जानकारी दिनुभयो ।
उक्त कार्यमा देवचुली वडा नं ५ का समाजसेवी र अगुवा व्यक्तिहरूको आर्थिक र नैतिक सहयोग रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस