सुस्मा न्याैपाने
नवलपुर । नवलपरासीको मध्यविन्दुु जिल्ला अस्पतालमा बिरामीका लागि छुट्याइएको अक्सिजन सहितको बेड भरिएको छ ।
कोेरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि अस्पतालमा रहेका २८ वटा बेडहरु कोभिडका बिरामीले भरिएका हुन ।
कोभिड फोकल पर्सन समेत रहेका जिल्ला अस्पतालका डाक्टर शिवराज न्यौपानेले २८ वटै बेडमा बिरामी रहेको उज्यालो खबरलाई बताए ।
२५ जना कोभिडका र तीनजना संस्कास्पद बिरामी गरि २८ जनाको उपचार भैरहेको उनले सुनाए । डाक्टर न्यौपानेका अनुसार २८ जना मध्ये २४ जना बिरामी लाई निरन्तर अक्सिजन दिनुपरेको छ ।
बिरामीहरुको अवस्था अनुसार केहिलाई दिनकै ४।५ वटा अक्सिजनको ठुलो सिलिण्डर लगाउनु परेको छ , न्यौपानेले भने । जिल्ला अस्पतालमा सानो ठुलो गरि ६५ थान अक्सिजनको सिलिण्डर राखिएको छ ।
कोारोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि अस्पतालमा थप बिरामी आएको अवस्थामा ईमरजेन्सीमै राखेर भएपनि उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।