२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु

२०७८ जेष्ठ १, शनिबार प्रकाशित ( साल अघि) १७३३ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजना महिलाको मृत्यु भएको छ।

जिल्ला स्वास्थय कार्यालय नवलपुरका अनुसार मध्यबिन्दु नगरपालिका- ५ की ७० वर्षीया महिलाको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा शुक्रबार राति ९:३० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनीलाई मध्यबिन्दु जिल्ला अस्पतालबाट थप उपचारका लागी चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

अस्पताल भर्ना भएसँगै गरिएको पीसीआर परीक्षणमा वैशाख २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

हप्तादिन राख्दा नि स्वास्थ्यमा सुधार नभएपछि घरपरिवारले अस्पतालबाट बिरामिलाई वैशाख ३१ गते प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा ल्याएका थिए।

यो सँगै नवलपुरमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ भने यस बर्षको दोस्रो लहरको कोरोना फैलिए सँगै वैशाख यता मात्र २० जनाको ज्यान गइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१२%

प्रतिक्रिया दिनुहोस