नवलपरासी – नवलपरासीमा गोली लागी गम्भीर घाइते भएका एक युवकको ज्यान गएको छ ।
प्रतापपुर गाउँपालिका ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर घाइते हुनुभएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हाे ।
गम्भीर घाइते उहाँलाई अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए ।
यस्तै प्रहरीको गोली लागेर ३० वर्षका विनोद राय घाइते हुनुभएको छ ।
सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको भनाई छ ।
घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ ।