कावासोती । नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गरिएको छ ।
जिल्ला अस्पतालमा बुधबार जडान गरिएको प्लान्टबाट दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापाले जानकारी दिनुभयो ।
प्लान्ट सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले ५७ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
कोभिडको दोस्रो लहरसंँगै अस्पताललाई आइसोलेशनका रुपमा परिणत गरिएको छ।
कोभिड संक्रमितको उपचारका लागि ४० शय्या तयार पारिएको छ ।अस्पतालमा अहिले करिब ३० कोभिड संक्रमित उपचारमा छन् ।