जेठ, कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा ५१ जनामा नोभेल कोरोना भाइरस (कोभिड१९) देखिएको छ ।
१ सय १० जनामा गरिएको पिसिआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिको हो । निको हुनेको संख्या भने १ सय ३० पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल नवलपुरमा सक्रिय संक्रमितको संख्या ९९९ रहेको छ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ६४ पुगेको छ।