कावासोती । नवलपुरको कावासोतीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत कावासोती नगरपालिका वडा नम्बर ८ कि ८४ वर्षीया महिलाको मृत्यु भएको छ ।
उनको शुक्रबार दिउसो १:२० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।
गत जेठ ४ गते मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना परिक्षणको लागि स्वाब परीक्षण गर्दा पोजेटिभ पाएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा अन्य रोगको उपचारको क्रममा रहेकी उनिमा गत जेठ ४ गते कोरोना संक्रमण देखिए पछि उनलाई जेठ ५ गते चितवन मेडिकल कलेजबाट मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको थियो ।
उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पतालमा उनको मृत्यु भएको बताईएको छ ।
नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ हजार ३९ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।