गैँडाकाट । श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती र छोरी घाईते भएका छन् ।
नवलपुरको गैँडाकोट नगरपालिका–१ बृटिसक्याम्पमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती र छोरी घाईते भएका हुन्।
६३ वर्षका हर्कबहादुर राईले सामान्य बिबादका क्रममा ४७ वर्षीया श्रीमती धनकुमारी राई र १४ वर्षीया छोरी अनुष्का राईमाथी खुर्पा प्रहार गरि गम्भीर घाइते बनाएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक लक्ष्मी पाण्डेले बताउनुभयो ।
घाइतेको टाँउको, घाँटी तथा शरिरमा चोट लागेको छ । उनीहरुको अहिले चितवन मेकिडल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
खुर्पा प्रहार गर्ने हर्कबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।