एक दिन अचानक बृद्धाश्रमतिर मेरा पाइलाहरु मोडिए
मनमा अनेकन प्रश्नहरु गर्दै बृद्धाश्रम पुग्दा त्यहाँ जिउँदा देवताहरु भेटिए ।
ती यस्ता देवता थिए, जसको बेदना रोदना सुन्न र देख्न सक्थे….२
तर म यति निर्बल भएँ कि उनका रोदना सुन्न बाहेक अरु के पो गर्न सक्थे ।
एक बुढा बा सोध्छन् नानी तिम्रा कति बच्चा, श्रीमान् के गर्छन् ?
बाबाआमा त होलान् नि ती घरमा छन् कि बाहिर बस्छन् ?
उहाँको प्रश्न, प्रश्न मै सीमित गरे. फर्काइन उत्तर
सन्तानको प्यारमा जीवन वितायौ आखिर के पाइयो र ?
बुढीआमा भन्छिन् कृपया बृद्धाश्रममा कोही नआइदेउ
कोही आउँदा सन्तान आएझै लाग्छ, त्यो कपूत सन्तान नसम्झाइदेउ
अर्की आमा भन्छिन् मेरो छोराका दुई सन्तान छन् ।
उसले मलाई बृद्धा श्रममा बसाले पनि मेरा आशिष सधै उनीहरुको साथमा छ ।
यो बृद्ध अवस्था हो सन्तान भाग्छन् पर पर कोही हुँदैन साथमा
आफ्नो सुख सन्तानमा देख्नु त्यो जस्तो बेकार केही छैन संसारमा
सबैका सन्तान यस्ता नहोलान् बाबाआमा त पक्कै पनि साथमा होलान् ।
भोलि आफू पनि यही पिढी भोग्ने हो पक्कै हेक्का राखेका होलान् ।