काठमाडाैं : फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटअन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेईमाथि सहज जित दर्ता गरेको छ।
भर्खरै सकिएको खेलमा नेपालले ताइपेईलाई २-० गोल अन्तरले हराएको हो। सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल चाइनिज ताइपेईमाथि हावी भएको थियो ।
कुवेतको कुवेत सिटी खेल मैदानमा भएको खेलमा नेपालले अन्जन विष्टको गोलमा सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको नेपाल दोस्रो हाफमा थप एक गोल गरेको थियो ।