२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा दुखी गरिबको लागि वितरण गर्ने भन्दै घरमा लुकाइएको ९८ बोरा चामल बरामद

२०७८ अषाढ ४, शुक्रबार प्रकाशित ( साल अघि) ३६५५ पाठक संख्या

गाेविन्द घिमिरे

गैँडाकोट । ईलाका प्रहरी कार्यालय गैँडाकोटले घरमा लुकाईराखेको ९८ बोरा चामल सहित सहित केहि खाद्यान्न गएराति बरामद गरेको छ ।

दुखी गरिवको लागि वितरण गर्ने भन्दै घरमा राखिएको ठुलो परिमाणको खाद्यान्न प्रहरीले बरामद गरेको हो ।

गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित सिता कुंवर र रस बहादुर भुजेललको घरबाट ९८ बोरा चालम, ३ बोरा चिउरा, १ बोरा दाल, ३ बोरा सोयाविन र ८ कार्टुन तेल  बरामद गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

नारायणी नदी किनारमा रहेका असाहय र सभ्यताको घर नाम गरेको आश्रममका लागि घरमा राखेको बताएपनि कुंवर र भुजेलले आवश्यक प्रमाण पेश गर्न नसकेकोले प्रहरीले खाद्यान्न जफत गरेको हो ।

सहयाेगका लागि भन्दै रकम तथा खाद्यान्न उठाएर बेच्ने समेत थाहा पाएकाे सूचनाले प्रहरीले छापा मारेकाे आशंका गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालयको अनुमती विना कुनैपनि संघसंस्था तथा व्यक्तिले आफुखुसी राहत तथा सहयोगका नाममा खाद्यान्न संकलन तथा वितरण गर्न नपाईने नियम छ ।

संकटको समय बढ्दै गएपछि समाजसेवा र राहातका नाममा जिल्लामा आफुखुसी सहयोग बटुल्ने तथा थोरै सहयोग गरेर धेरै प्रचार गर्नेको जमात बढ्दो क्रममा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%१०%१%१%१२%

प्रतिक्रिया दिनुहोस