२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

कांग्रेस युवा नेता थापाद्वारा म्याग्देमा एक व्यक्ति एक मास्क अभियान शुरु

२०७८ अषाढ ५, शनिबार प्रकाशित ( साल अघि) १६३० पाठक संख्या

दमौलीः नेपाली कांग्रेसका युवा नेता चाम थापाले म्याग्दे गाउँपालिकामा एक व्यक्ति एक मास्क अभियान थालेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शुरु गरेको अभियानअन्र्तगत थापाले म्याग्दे गाउँपालिकाका सातवटै वडाका तरुणहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरेका हुन् ।

म्याग्दे ४ मनहरिमा आयोजित एक कार्यक्रममा उनले सबै वडाका तरुण प्रनिनिधिलाई ती सामग्री हस्तान्तरण गरे । उनले कोभिड संकट लामो समय जान सक्ने देखिएको भन्दै जनजीवन सहज बनाउनका लागि सचेतना फैलाउन तरुण लाग्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका दिपककुमार श्रेष्ठ, नेविसंघ जिल्ला सदस्य गौरवराज रानासहित सातवटै वडाका तरुण दलका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित थिए । अभियानलाई अझ व्यापक पारिने नेताहरुले बताएका छन् ।

 
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस