२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्कुटर दुर्घटना हुँदा ३ जना घाइते

२०७८ अषाढ ५, शनिबार प्रकाशित ( साल अघि) ३१४० पाठक संख्या

कावासोती । नवलपुरको गैडाकोट नगरपालिकामा गए राति भएको दुर्घटनामा ३ जना घाईते भएका छन् ।

पुर्वबाट आउदै गरेको लु ५५ प ७७६१ नम्बरको स्कुटरले दक्षिणबाट उत्तर तर्फ जादै गरेको साईकललाई गैडाकोट १२ हर्कपुरमा ठक्कर दिदाँ ३ जना घाईते भएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि कावासोति ५ निवासी स्कुटर चालक ३२ वषीय ज्ञानबहादुर सिंजाली गम्भीर घाईते भएका छन् ।

उनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । त्यसै गरि स्कुटरमा सवार हुप्सेकोट ३ निवासी ४५ बषीय देउकुमारी मह्तो र साईकल यात्री गैंडाकोट १२ निवासी ४२ बषीय भिमलाल चौधरी घाईते भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%३%१%९%

प्रतिक्रिया दिनुहोस