२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

बाघखोरमा रहेको सेतापानी खानेपानीको भवन शिलन्यास

२०७८ अषाढ ६, आईतबार प्रकाशित ( साल अघि) १८९८ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं ५ स्थित बाघखोरमा रहेको सेतापानी खानेपानी उपभोक्ता तथा सरसरफाई संस्थाको दुई कोठे कार्यालय भवन शिलन्यास गरिएको छ ।

विगत करिव १० बर्ष देखि खानेपानी वितरण गरेता पनी सनिबार बल्ल भवन निर्माण गर्ने भनेर शिलन्यास गरिएको हो ।

FB_IMG_1624137299068

खानेपानी डिभिजन कार्यालय तनहु, आयोजना अन्र्तगत करिव १४ लाख रुपैयाको बजेटबाट उक्त भवन शिलन्यास आरम्भ गरिएको छ।

सेतापानी खानेपानीले लामो समयदेखि उपभोक्तालाई स्वच्छ पानी दिदै आएतापनी आफ्नो कार्यालय नभएको हुदा कोठा भाडामा लिएर कार्यालय सन्चालन गर्दै आएकोमा आज आफ्नै भवनको शिलन्यास गर्न पाउदा अत्यन्त हर्षित भएको सस्थाको अध्यक्ष उदयराज अर्यालले बताउनुभयो ।

FB_IMG_1624137302644

उक्त कार्यक्रममा खानेपानी डिभीजन कार्यालयका ईन्जीनिएर महेन्द्र आचार्य, वडाध्यक्ष नमकान्त पाठक, वडा सदस्यहरु तथा समाजसेवीहरुको उपस्थित रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस