२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा फेरि असार ११ गतेसम्म निषेधाज्ञा थप

२०७८ अषाढ ६, आईतबार प्रकाशित ( साल अघि) ३५३३ पाठक संख्या

नवलपुर, असार ६ । पूर्वि नवलपरासीमा असार ११ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि असार ७ गते (सोमबार) राति १२ वजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जिल्लावासीको स्वास्थ्यलाई ख्याल गर्दै व्यवसायीहरु समेतको सुुझावका आधारमा असार ११ गते राति १२ वजेसम्म निषेधाज्ञा थप गरिएको  जानकारी दिनुभयो ।

उहाँका अनुसार असार ११ गतेसम्म थप गरिएको निषेधाज्ञा यसअघिकै जस्तो हुने बताउनुुभयो । असार ११ गतेपछि भने लकडाउनलाई क्रमशः हटाइदै लगिने उहाँको भनाई छ ।

असार ११ गतेसम्म जिल्लाका व्यवसायीहरुको एन्टीजेन परिक्षण गरिने गर्ने नीर्णय भएको छ ।Screen Shot 2021-06-20 at 18.32.32.png

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%५%३%७%११%

प्रतिक्रिया दिनुहोस