२०८१ मंसिर १०, सोमबार
परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पोखरीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।
सरावल गाउँपालिका ४ गोबरहिया बस्ने ७४ वर्षीय मनीराम थारु घरबाट २० मिटर टाढा रहेको सार्वजनिक पोखरीमा डुबेर बुधबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।