२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

कोल्हुवा रेडक्रसद्वारा निःशुल्क माक्स वितरण

२०७८ अषाढ १७, बिहिबार प्रकाशित ( साल अघि) २२२३ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा माक्स वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय कोल्हुवाका सभापती  बद्री नाथ नेपालले मध्यबिन्दु नगरपालिका वडा नं : १ देखि ४ सम्म र कोल्हुवा खानेपानी, नारायणी खानेपानी लगायत कोल्हुवा चौकीलाई निशुल्क रुपमा २२०० पिस सर्जिकल फेस माक्स वितरण गरेको हो।

FB_IMG_1625089576272

कोरोना भाइरसको दोश्रो चरणको लहरमा संक्रमणबाट जोगाउनका लागि भिडभाड नगर्न आग्रह गर्दै पसल तथा विभिन्न सरकारी संघसंस्थामा आएका सर्वसाधारणहरुलाई समेत माक्स वितरण गरिएको कोल्हुवा रेडक्रसका सभापती नेपालले जानकारी दिनुभयो।

आर्थिक अभावको अवस्थामा कोल्हुवा रेडक्रसले आफुहरुलाई यसरी माक्स उपलब्ध गराउदा निकै खुसी भएको स्थानियहरुले बताए ।

दैनिक रुपमा आवश्यक पर्ने खाद्यन्न समानहरु किन्न आउने अधिकास गरिब, जनजाती, पिछडा वर्ग लगायतका व्यक्तिहरूलाई माक्स वितरण गरिएको कोल्हुवा रेडक्रसका सभापती नेपालले जानकारी दिनुभयो।

FB_IMG_1625087089609

बाटोमा बिना माक्स हिड्दै गरेको विभिन्न व्यक्तिहरुलाई रोकेर माक्स लगाउन आग्रह गर्दै कोभिडको संक्रमणबाट जोगिन सुरक्षा अपनाउन समेत अनुरोध गर्नुभएको थियो ।

रेडक्रसले यस अघि नि कोल्हुवा तथा कुमारवर्तीका अति विपन्न घर परिवारलाई ४० वटा कम्वल बितरण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस