२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको गैंडाकोटमा डाइभर्सन बगेपछि राजमार्ग अवरुद्ध

२०७८ अषाढ १७, बिहिबार प्रकाशित ( साल अघि) ३८२३ पाठक संख्या

कावासोती । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटमा रहेको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट र भेडाबारीबीचमा रहेको डाइभर्सन बगेको हो ।

राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन बगेपछि बिहीबार बिहान ९ बजेबाट गाडी वारपार गर्न सकेका छैनन् ।

सयौं गाडी गैंडाकोट र रजहरमा रोकिएका छन् । सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर दुवैतर्फका गाडी त्यहीँ रोकिएको प्रहरीले जनाएको छ ।

गैंडाकोट र भेडाबारीबीचको जंगलमा पुराना पुल भत्काएर फराकिलो बनाउने क्रममा चारवटा डाइभर्सन बनाइएका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%७%५%

प्रतिक्रिया दिनुहोस