कावासोती — पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोती र डण्डाको बीचमा रहेको केरुङे खोलाको बाढी हात्तीखोर भन्ने स्थानबाट पसेका कारण मुख्य बजार क्षेत्र जलमग्न भएको हो ।
निरन्तर भएको बर्षाका कारण सडक भासिएपछि कावासोतीमा पुर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार डिभिजन वन कार्यालय नजिकै सडक भासिएको हो । सडक भासिएपछि अहिले पुर्व पश्चिम राजमार्ग अबरुद्ध रहेको प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।
सडकमा पानीको वहाव बढेपछि यातायात आवागमन रोकिएको छ। कावासोती थानाचोकदेखि पश्चिम सभापतिचोकसम्मको बजार क्षेत्र र राजमार्ग क्षेत्र डुबानमा परेको छ ।