कोल्हुवा । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीको उपस्थितिमा नवलपुरमा ज्यानसनको खोप लगाउन सुरु गरिएको छ।
सोमबार जिल्लाको मध्यविन्दु नगरपालिका व.न २ मा रहेको नवलपुर स्वास्थ्य चौकी कोल्हुवामा अपाङ्गता भएका समूहका १२ जना व्यक्तिहरुलाई गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखेलज्यूको प्रमुख आतिथ्यमा सेवा प्रदान गरी ज्यानसन खोप कार्यक्रमको शुभारम्भ गरिएको हो ।
जिल्लाका लागी १५ हजार डोज ज्यानसन खोप आएको र उक्त खोप खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णय अनुसार लगाईने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो ।
कार्यक्रममा प्रजिअ एवं जिल्ला खोप व्यवस्थापन तथा अनुगमन समितिका अध्यक्ष मनमाया भट्टराई पगेनीको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभाका माननीय विष्णु लामिछाने र माननीय ओमकला गौतमको समेत उपस्थिति रहेको थियो ।
खोप तथा समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा स्वा कार्यालयका प्रमुख केशव प्रसाद चापागाईद्वारा जानकारी गराउदै सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।
नेपालमा अहिलेसम्म आएको खोप २ डोज लगाउनु पर्ने हुन्छ भने जोनसोन एण्ड जोनसोन खोप १ डोज लगाए पुग्ने छ ।