कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा आज (बिहीबार) थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४६ जना कोरोना मुक्त भएका छन् ।
जिल्ला स्वाथ्य कार्यालय नवलपुरका अनुसार थपिनेमा गैँडाकोटका १३, देवचुलिका १०, कावासोतीका २५, मध्यविन्दुका ५, विनयी त्रिवेणीका ३, हुप्सेकोटका १ जना छन् ।
४६ जना निको भएका छन् भने सक्रिय संक्रमितको सख्या ५ सय ९७ पुगेको छ । बिहिबार मृत्यु हुनेको सख्या ० रहेको छ ।