२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा जोन्सन एण्ड जोन्सन खोप आज देखी लगाईने  

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित ( साल अघि) ८७७ पाठक संख्या

कोल्हुवा । मध्यबिदु नगरपालिका जोन्सन एण्ड जोन्सन खोप आजबाट लगाउन सुरु गरिने भएको छ ।

कोरोना भाइरसबिरुद्ध लगाइने जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालबाट बिदेश जाने नेपालीलाई दिइँदै छ ।

मध्यबिन्दु नगरपालिकामा रहेको प्रत्येक स्वास्थ्य चौकीमा रहेको खोप केन्द्रबाट जोन्सन एण्ड जोन्सन खोप  लिने ब्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

नवलपुर स्वास्थ्य चौकी कोल्हुवाले कोरोना भाइरस बिरुद्ध लगाईने अमेरिकन खोप “जोन्सन“ खोप आज साउन ८ र ९ गते लगाईने भनेर सुचना मार्फत जानकारी दिईएको छ ।

सूचनामा बिहान १०:३० बजे देखि दिउँसो ३ बजे सम्म कोल्हुवा स्थित नवलपुर हेल्थ पोस्टबाट खोप लगाउन सकिने पनि उल्लेख गरिएको छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने छ ।

हेर्नुस् सुचना !!!!

FB_IMG_1626981247478

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस