२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मादक पदार्थ सेवन गरि ५ महिने बालिकाको हत्या

२०७८ श्रावण १०, आईतबार प्रकाशित ( साल अघि) २५९८ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीमा ५ महिने बालिकाको हत्या भएको छ । मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परि ५ महिने बालिकाको ज्यान गएको हो ।

नवलपुर प्रहरीका अनुसार  देवचुली नगरपालिका ६ मितुङ बस्ने २६ बर्षीय कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा सोही स्थानका पदमबहादुर बाह्रघरेसँग झगडा गरेका थिए ।

सोही क्रममा कर्णबहादुर सारुले मामाकी ५ महिने छोरी धनमाया बाह्रघरेलाई उचाली पिँढीमा फाल्दा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

पिढीँमा बजारिएर गम्भीर घाईते बालिकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले बताए ।

डीएसपी गिरीले कर्ण बहादुर सारुलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडी बढाईएको जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%२०%२%

प्रतिक्रिया दिनुहोस