२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

२०७८ श्रावण १०, आईतबार प्रकाशित ( साल अघि) १४८२ पाठक संख्या

कावासोती । प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीले चेकजाँचको क्रममा कावासोती २ फलफूल चोकबाट ना ५ ख ३६९२ नम्बरको बसमा आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका ३ सहिदचोक निवासी १८ बर्षीय सुनिल गुरुङलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले फेनारागन १ सय १२ एम्पुल, बुफ्रिन १ सय १२ एम्पुल र डाइजापाम १ सय १२ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले मध्यविन्दु नगरपालिका १५ माथिल्लो भिउरान बस्ने वर्ष १८ को सुदिप पाल्पालीलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

चेकजाँच गर्दा निजको साथबाट र निज बस्ने घरबाट नाईट्रो भ्याट १४ पत्ता अर्थात २ सय १० पिस, स्पास्मो १२ पत्ता अर्थात ९६ पिस र कोरेक्स २ बोतल बरामद गरेको हो । प्रकाउ कारवाही अगाडि बढाइएको प्रहरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस