काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता साढे ८ लाख नाघेको छ । क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले बुझाएको प्रतिवेदन अनुसार कांग्रेसको क्रियाशिल सदस्यता ८ लाख ५२ हजार ७११ पुगेको हो ।
मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठको प्रतिवेदन बुझाइएको छ। उक्त विवरणमा जनसम्पर्क समितिको विवरण समेटिएको छैन् ।
विवरण अनुसार कुल सदस्यको ७४ दशमलव २६ प्रतिशत पुरुष र २२ दशमलव ६२ प्रतिशत महिला रहेका छन् । यस्तै शून्य दशमलव शून्य २ प्रतिशत अन्य रहेका छन् ।
यस्तो छ प्रदेशगत विवरण