२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पोथी गैँडा मृत फेला

२०७८ श्रावण २०, बुधबार प्रकाशित ( साल अघि) १८०३ पाठक संख्या

कावासोती । नवलपुरको कवासोतीमा पोथी गैँडा मृत फेला परेको छ ।

निकुञ्जको पश्चिम सेक्टरमा पर्ने कावासोती वाड नम्बर ७ मा रहेको नमूना मध्यवर्ती सामुदायिक मृत अवस्थामा फेला परेको हो ।

निकुञ्जको सामुदायिक वनको पश्चिम तर्फको गेटमा बिहीबार अन्दाजी ३०–३५ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । मृत अवस्थामा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

गैंडा रोगी र कम्जोर  रहेको र वनमा लगाईएको झटका दिने करेन्टमा परी लडेर मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक डा। विजयकुमार श्रेष्ठले बताए । यो सँगै चालू आ।व ०७८र७९ मा मर्ने गैंडाको संख्या ४ पुगेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस