सुस्मा न्यौपाने
कावासोती । पूर्वि नवलपरासीमा असार ३१ गतेदेखि साउन १५ गतेसम्म विभिन्न मितिमा भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो डोज आगामी भाद्र महिनाको १ र २ तथा १० र ११ गते लगाईने भएको छ ।
जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले दुई चरणमा दोस्रो मात्रा उपलव्ध गराउने निर्णय गरेको हो ।
असार ३१ गतेदेखि साउन ८ गतेसम्म भेरोसेल खोप लगाएकाहरुलाई भाद्र १ र २ गते दोस्रो डोज लगाईने र साउन ९ गतेदेखि पछि खोप लगाएकाहरुलाई भाद्र १० र ११ गते दोस्रो डोज लगाउने निर्णय गरिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभयो ।
५५ वर्ष उमेर समूह माथिका नागरिक, स्वास्थ्यकर्मी, शिक्षक तथा ब्यवसायी गरि जिल्लामा ३५ हजार ६८ जनाले भेरोसेल खोप लगाएका थिए ।
जिल्लाका आठ स्थानीय तहहरु मध्ये बौदीकाली र बुलिगंटार गाउँपालिकामा दोस्रो डोजको लागि खोप पठाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गैँडाकोट नगरपालिकामा ९८०३,
देवचुली नगरपालिकामा ५६५८,
कावासोती नगरपालिकामा ८३३२,
मध्यविन्दु नगरपालिकामा ४८९३,
विनयीत्रिवेणी गाउँपालिकामा ३२०७,
हुप्सेकोट गाउँपालिकामा १४०८,
बौदीकाली गाउँपालिकामा ९८०
बुलिगंटार गाउँपालिकामा ७८७