२०७८ श्रावण २३, शनिबार प्रकाशित (३ साल अघि) ८८० पाठक संख्या बर्दघाट । नवलपरासीमा आज (शुक्रबार) थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको बर्दघाट नगरपालिकामा २ जना, सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट १ सय ५७ जनाको ज्यान गइसकेको छ । अब जिल्लामा सक्रिए कोरोना संक्रमितको संख्या ८२ रहेको छ ।