२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

पिकअप भ्यान दुर्घटनामा एकको मृत्यु,२८ जना घाईते

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) १६८४ पाठक संख्या

सर्लाही : सर्लाहीको लालबन्दीमा शुक्रवार दिउँसो फुटबल खेलाडी बोकेको पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २८ जना भन्दा बढी घाईते भएका छन्।

फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दी १६ परवानिपुरतर्फ जादैं गरेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि दुर्घटनामा परेको हो । करिब ४ बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिएका छन् ।

दुर्घटनामा परेर लालबन्दी नगरपालिका–९, बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताएका छन्।

दुर्घटनामा परेर गम्भिर घाईते भएका दाहालको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका अन्य ६ जनालाई थप उपचारका लागि वीरगन्ज र भरतपुर रेफर गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

अन्य २२ जना सामान्य घाईते भएका छन् । उनीहरुको लालबन्दी स्थित गढिमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ । स्थानिय अस्पतालमा उपचाररत रहेकाहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक थापाले बताएका छन् ।

दुर्घटना हुने पिकअप प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार छन् । घाईते भएकाहरुको अहिले सम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
त्यसैगरी लालबन्दीमै बिहीवार राती जम्बो हाइसको ठक्करबाट एकजना अपरिचित व्यक्तिको मृत्यु भएको छ । ठक्करबाट गम्भिर बनेको ति व्यक्तिको शुक्रवार बिहान मृत्यु भएको हो । अन्नपूर्णबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%१%

प्रतिक्रिया दिनुहोस