२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीका एक युवा लागुऔषध सहित पक्राउ   

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) २६८२ पाठक संख्या

चोरमारा । नवलपुरमा प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध सहित कावासोती नगरपालिका–१ हात्तीखोरका २२ वर्षीय भिम मगरलाई शनिबार बिहान पक्राउ गरेको हो ।

प्रहरीले आशंकाको आधारमा उनले बोकेको झोलालाई चेकजाच गर्दा २ सय ७५ ट्याबटेल लागुऔषध नाईट्रोभ्याट बरामद गरेको हो ।

लु ५४ प ३३६ नम्बरको मोटरसाईकलमा मगरलाई जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा प्रहरीले चेकजाँचको क्रममा लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।

पक्राउ परेको भिमलाई प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी गिरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१८%२%४%१%३%२%

प्रतिक्रिया दिनुहोस