२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बालिकाको शंकास्पद मृत्यु,संगै होटलको कोठामा बसेका केटा साथी फरार

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) ३०७७ पाठक संख्या

तिर्थराज डुम्रे

होटल साहु, मोटरसाईकल धनि र बालकका साथि पक्राउ   

चोरमारा । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ मा रहेको होटल शाही प्यालेसमा कोठा भाडामा लिएर बसेकी बालिकाको शंकास्पद मृत्यु भएको छ ।

शुक्रबार साँझ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ का १७ वर्षीय युवकसंगै कोठामा बसेकी रामग्राम नगरपालिका–१२ की १७ वर्षीया बालिकाको मृत्यु भएको हो ।

होटलमा बसको केही समयमा नै बालिका अचानक बिरामी भएको भनी उपचारको लागि पश्चिम नवलपरासीको शहिद स्मृती सामुदायिक अस्पताल चौपत्ता लगिएकोमा अस्पतालले मृत घोषण गरेको हो ।

बालिकाको मृत्यु भएपछि मृतक बालिकासंगै कोठामा बसेका बालक फरार भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट इन्स्पेक्टर हिक्मत थापा नेतृत्वको प्रहरी टोलि घटना स्थलमा गई घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले राति नै होटल सञ्चालक भोज ब।थापा र कोठा भाडामा बसेका बालकले चलाई ल्याएको मो।सा। नियन्त्रणमा लिएका थियो । शनिबार बिहान प्रहरीले मोटर साईकल धनि पश्चिम नवलपरासी रामग्राम न.पा –१२ शान्तिटोल बस्ने वर्ष २८ को ब्यास प्रसाद भर र फरार बालकले घटना पस्चात फोन सम्पर्क गरेका साथिलाई पक्राउ गरेको छ ।

प्रारम्भीक अनुसन्धानमा मृतक बालिकाको शरिरमा कुनै प्रकारको घाउ तथा चोटपटक नदेखिएको र अत्याधिक रक्तश्रापको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमको लागि अहिले पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ । पोष्टमार्टम रिर्पोट पछि घटनाको कारण खुल्ने प्रहरीले जनाएको छ । फरार रहेका बालकको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मृतक बालिका र फरार बालकको परिचय खुलेको भएपनि घटनाको प्रकृति र प्रहरी अनुसन्धान जारी रहेको कारण नाम सार्वजनिक नगर्न प्रहरीले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%५%६%

प्रतिक्रिया दिनुहोस