२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा पौडी खेल्न क्रममा डुबेर एक जनाको मृत्यु

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) १३८७ पाठक संख्या

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर म.न.पा. १ देवघाट स्थित नारायणी नदिमा पौडी खेल्ने क्रममा आज शनिबार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।

हरीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १० बस्ने वर्ष २७ का रंजन आचार्य हुन् । पौडी खेल्ने क्रममा आचार्य डुबेको उनका साथीले देखेपछि उद्धार गरिएको बताइएको छ ।

निजलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको र दिउँसो सवा ४ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले निजको थप अनुसन्धान भइरहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस