२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा मोटरसाईकलको ठक्करबाट प्रहरी निरिक्षक वाग्लेको मृत्यु

२०७८ श्रावण २६, मंगलबार प्रकाशित ( साल अघि) ११५२ पाठक संख्या

बर्दघाट । पश्चिम नवलपरासी बर्दघाटमा सोमबार राती मोटरसाइकलको ठक्करबाट प्रहरी निरिक्षक कपिल वाग्लेको निधन भएको छ ।

राती ८:३० बजे तिव्र गतिमा आएको मोटरसाईकले ठक्कर दिँदा प्रहरी निरिक्षक वाग्ले गम्भिर घाइते भएका थिए । उनको राती ११ बजे भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

ईलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत वाग्लेलाई पुर्व पश्चिम महेन्द्र राजमार्गको बर्दघाटको त्रिवेणी चोक नजिकै पैदल हिंडिरहेको अवस्थामा लु १४ प ८७५८ नं: को मोटरसाईकलले ठक्कर दिएको थियो।

मोटरसाईकलको ठक्करपछि अत्यन्त गम्भिर घाईते भएका वाग्लेको स्थानिय प्राथमिक उपचार पछि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज ल्याईएको थियो।

ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बाग्लेलाई ठक्कर दिने मोटरसाईकल चालक सुनवल नगरपालिका वडा नं: १ का दिपेन्द्र पुन मगर पनि गम्भिर घाईते भएका छन् । उनको पनि सोही मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१३%३%

प्रतिक्रिया दिनुहोस