२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

युवतीको मृत्युले तंरगिएको माहौल

२०७८ श्रावण २६, मंगलबार प्रकाशित ( साल अघि) ८१३ पाठक संख्या

काठमाण्डौ । साउन २३ गते घर नजिकको गोठमा झुण्डीएको अवस्थामा फेला परेकि २० वर्षीय युवती ज्योती पासवानको घटनाले यतिबेला सप्तरी जिल्लाको सुरुंगा नगरपालिकामा तंरग ल्याएको छ।

उक्त घटनालाइ लिएर स्थानीयहरुले जातीय विवादको नाम दिइ रहेका छन भने कोहिले घटनाको कारण के हो भन्ने अडकल समेत गर्न सकेका छैनन । सिराहा जिल्ला लाहान १ कि समाजसेवी तथा अधिकारकर्मी ललिता दासले, ज्योति पासवानको घटना जातीय विवाद नै कारण भएको बताउनु भएको छ ।

घटना बारे वास्तविकता बुझदा अधिकारकर्मी दासको भनाइ अनुसार , २०७७ फाल्गुन महिनामा सुरुंगा नपा ७ बस्ने युवती ज्योती पासवानलाई स्थानीय युवक कृष्ण मिश्राले प्रेमजालमा पारी लाहान लिएर गएको र तिन महिना पछि  परिवारको सम्पर्कमा आए।

परिवारको सम्पर्कमा आउनु पूर्व ज्योती पासवानले सिन्दुर लगाएको र साथमा कृष्णको फोटो समेत समाजिक सञ्जालमा उनीहरुले राखेको बताइएको छ ।

परिवारको सम्पर्कमा आएपछि केटा पक्षकाले मिश्रा थर सँग पासवानको विवाह नहुने भन्दै केटीलाइ छोडन बाध्य बनाइएको र सुरुंगा नपा वडा ७ को कार्यालयमा समेत घटना पुगेको र अध्यक्ष शिव नारायण चौधरीले समेत यो विवाह नहुने भन्दै दबाब दिएको अधिकारकर्मी ललिता दास बताउनु हुन्छ । तर उक्त घटनाको विषयलाइ लिएर वडा अध्यक्ष शिव नारायण चौधरीसँग सोधपुछ गर्दा केटी पक्ष विवाहको लागि तयार भएता पनि केटा पक्ष राजी नभएको बताउनु भयो ।

घर परिवारले दुइ विचको प्रेम छुटाउन कोशिश गरेपछि असारको १७ गते युवक कृष्ण मिश्राले ज्योतीलाइ लहानको पुष्पान्जली होटलमा लिएर गए । गएको दास्रो दिन देखि कृष्ण फरार ज्योतीलाइ होटलमै छोडी आफू फरार भए । यो कुरा ज्योतीलाइ थाहा भएन । दुइ िदनसम्म कृषण सम्पर्कमा नआएपछि  ज्योती सो होटलबाट निस्किएर सप्तरी सुरुंगा घरमा आइन । केटी पक्षका आमाबुवा विवाहको लागि राजी भएता पनि केटा पक्षले अन्तरजातिय कारण देखाएको स्थानीयको भनाइ छ ।

(अधिकारकर्मि ललिता दासको भनाईमा आधारित )

यद्यपी जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख राजेन्द्र धमलाले उक्त घटनामा मुछिएको केटा कृष्ण मिश्र हालसम्म फारर रहेको बताउनु भयो । घटनामा मृत्क ज्योती पासवानको शब अझै पोस्टमार्टम भैनसकेकोले अहिले नै उक्त घटना बारेमा केहि भन्न सक्ने अवस्था नरहेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस