२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा टेक्टर दुर्घटना हुँदा २ जना घाइते  

२०७८ श्रावण २६, मंगलबार प्रकाशित ( साल अघि) २३४५ पाठक संख्या

कावासोती । नवलपुरमा टेक्टर दुर्घटना हुदा २ जना घाइते भएका छन् । देवचुली नगरपालीका वडा नम्बर १ स्थित मिलनचोकमा ट्याक्टर दुर्घटना हुँदा  घाइते भएका हुन् ।

भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु ४ त ३७३६ नं: को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टर चालक २६ बर्षिय सोम बहादुर बोटेको टाउकोमा गम्भीर चोट लागेको हुँदा थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको छ ।

त्यस्तै सह–चालक १९ बर्षिय सरोज कुमालको ढाडमा सामान्य चोट लागेको हुँदा उनलाई उपचारको लागि स्थानिय अस्पताल पठाईएको छ । ट्याक्टर प्रहरीले नियान्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२%१%२%१%

प्रतिक्रिया दिनुहोस