२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाइते

२०७८ श्रावण २७, बुधबार प्रकाशित ( साल अघि) १६३६ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

गएराति ११:३० बजेतिर कावासोतीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६९६५ नम्बरको ट्रकले उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको लु ३२ प ४४१४ नं:को मोटरसाईकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाईकल चालक कावासोती नगरपालिका वडा नं।–९ बस्ने बर्ष २२ का गगन महत्तो र धनुषा ढल्केवर नगरपालिका वडा नं –३ घर भई हाल कावासोती ९ बस्ने बर्ष २४ का अकलेश शर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईते दुबैजनाको कावासोती स्थित कालीगण्डकी अस्पतालमा उपचार भैरहेको जनाईएको छ । प्रहरीले ट्रक, मोटरसाईकलर ट्रकका सह–चालकलाई नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकाले उनको खोजी भैरहेको प्रहरीले जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस