२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा एक काठ चिरान मिलमा आगलागी

२०७८ श्रावण २७, बुधबार प्रकाशित ( साल अघि) ३०३० पाठक संख्या

कावासोती । नवलपुरको  मध्यविन्दु नगरपालिका कोल्हुवा स्थित एक काठ चिरान मिलमा आगलागी भएको छ ।

मध्यबिन्दु नगरपालिका वाड नं १ ध्वजमान चोकमा रहेको छविलाल बिष्टको काठ चिरान मिलमा आगोलागी भएको प्रहरीले जानकारी दिएको हो ।

मंगलवार राति ९ बजेर ५ मिनेट देखी शुरु भएको आगलागी करिब २ घण्टा पछि स्थानिय बासी र प्रहरीको सक्रियतामा राति ११ बजे नियन्त्रणमा आएको थियो भने आगलागी विद्युट सर्ट भई भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आगलागीबाट काठ चिरान गर्ने ठुलो मेसिन एक थान, मोटर एक थान, ठुलो पलङ ५ सेट, सानो पलङ २ सेट, थ्री पिस दराज २ वटा, वान पिस दराज २ वटा प्लाईबोर्ड – १५० थान, ६ प्लाष्टिकका कुर्ची ५ वटा र बा.प्र.३–०३ प १९९७ नं.को स्कुटर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%२%१९%२%

प्रतिक्रिया दिनुहोस